मनराम कोपिला आइडल

संगीतका माध्यमबाट बालबालिकाहरुको समग्र विकासका लागि लायन्स मनराम प्रतिष्ठानले प्रोत्साहन गर्दै आएको छ । प्रतिष्ठानद्वारा २०७२ श्रावण २४ गतेदेखि संखुवासभा जिल्लाको खाँदबारीमा कक्षा १० सम्मका बालबालिकाहरूको बीचमा गायन प्रतियोगिता आयोजना गरियो । सिर्जनात्मक सहभागिता र प्रतिभा पहिचान गर्दै संगीत तथा कला सम्पदाको संरक्षण गर्ने लक्ष्य सहितको यस किसिमको प्रतियोगिता सम्भवत जिल्लामै पहिलोपटक आयोजना भएको हो ।

खाँदबारी एफ एमको बालबालिका सम्बन्धि कार्यक्रम उत्पादक समूहसँगको सहकार्यमा भोजपुर र संखुवासभा जिल्लाका बालबालिकाहरू यस प्रतियोगितामा सहभागी भए । तीन महिना लामो अडिसन चरण पार गरि, कठिन प्रतिस्पर्धा पश्चात कृष्ण जन्माष्टमीका दिन  २०७२ भाद्र १९ गते अन्तिम प्रतिष्पर्धाको कार्यक्रम सम्पन्न भयो ।

सफलता पुर्वक सम्पन्न प्रतिस्पर्धामा सहभागीहरू मध्ये सर्वोत्कृष्ट छनौट हुँदै विजेता घोषित युनिक कुलुंग , रिन्जी भुटिया, र सुदेश राईलाई क्रमशः रू. ३३,०००/-, रू. १५,०००/- , र रू. ११,०००/- पुरस्कार प्रदान गरियो । लायन्स मनराम प्रतिष्ठान बालबालिकाहरूलाई आफ्नो प्रतिभा प्रष्फुटन मन्च प्रदान गर्न पाएकोमा गौरवान्वित छ । साथै भविष्यमा निरन्तर यस किसिमका कार्यक्रमहरुलाई प्रोत्साहन, सहयोग र निरन्तरता दिने प्रायस गर्नेछ ।