वार्षिक साधारण सभा

२०७२ पुस १६ गते दरबारमार्गस्थित होटल देल अन्नपूर्णमा फाउन्डेसनको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि श्रीमती मनमाया श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । कार्यअध्यक्ष श्री सुजनकुमार श्रेष्ठले उद्घाटन गर्दै फाउन्डेसनका गतिविधि तथा भावी योजनाका बारेमा संक्षिप्तमा प्रकाश पारेका थिए भने सहअध्यक्ष हरिप्रसाद मरहठ्ठाले धन्यवाद ज्ञापन गर्दै बैठकको समापन गरेका थिए । महासचिव राजन लम्सालको अध्यक्षतामा भएको साधारण सभाले चालु आर्थिक वर्षको बजेटलाई सर्वसम्मतिले पारित गरेको हो । एक करोड, अठार लाख, चौरासी हजार, एक सय एक (१,१८,८४,१०१ रुपैयाँ)।