Receiving Award
Libraries
Manaram Libraries
Handover
UML senior leader Madhav Kumar Nepal
handing over the library
Students in the Library
Students at Manaram Library in Sankhuwasabha
We are children
Children studying in rural areas
The Winner
The winning child of 'Kopila Ideal'
Previous slide
Next slide

मनारम पुस्तकालय

लायन्स मनराम प्रतिष्ठान २००५ नेपाल, शिक्षालाई व्यक्ति, समाज र अन्तत: राष्ट्रको विशिष्टता उजागर गर्ने मुख्य कडीको रुपमा विश्वास गर्दछ । हामीले शैक्षिक विकासमा सहयोग पुर्याउने उदेश्यले छुट्याईएको केहि रकमबाट नेपालका विपन्न तथा  सीमान्तकृत बालबालिकाहरूको निम्ति गुणस्तरीय शिक्षा प्रदान गर्न सघाउने लक्ष्य लिएका छौं ।

लायन्स मनराम प्रतिष्ठान २००५ नेपाल, शैक्षिक विकासमा समर्पित गैर सरकारी सामाजिक संस्था हो । शिक्षा क्षेत्रमा तीन दशक लामो समय समर्पित रहनुभएका समाजसेवी श्री राम बहादुर श्रेष्ठको नेतृत्वमा यो संस्था औपचारिक रुपमा काठमाडौ जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गरिएको छ ।

हाम्रो यस संस्थाले नेपालका हरेक बालबालिकाले उनीहरुको जस्तोसुकै सामाजिक आर्थिक पृष्ठभूमि भएतापनि शिक्षाको समान अवसरबाट बन्चित हुनु हुँदैन भन्ने दृढ मान्यता राख्दछ । हामी शिक्षा आधारभूत मानव अधिकार हो भन्ने विश्वास गर्दछौं र यो सबैका निम्ति सहजै उपलब्ध हुनुपर्छ भन्ने मान्यता राख्दछौं ।

संस्थापक अध्यक्षको स्मृतिमा

यस लायन्स मनराम प्रतिष्ठान २००५ नेपालका संस्थापक स्व. श्री राम बहादुर श्रेष्ठको सम्झनामा उहाँको उल्लेखनीय योगदान र प्रेरणादायी जीवनलाई स्मरण गर्न चाहन्छौं । राम बहादुर श्रेष्ठको जन्म संखुवासभा जिल्लाको खाँदबारी ढुंगेधारामा वि. सं. २००५ साल माघ ८ गते भएको हो । कलिलो उमेर देखि सामाजिक काममा अग्रसर भई नेतृत्व लिन चाहने उहाँको स्वाभाव थियो । उहाँले १६/१७ वर्षको उमेरमा नै आफ्ना पिताको सल्लाहमा छिमेकी मुलुक भारत पुगेर शिक्षक खोजेर ल्याई समुदायको शैक्षिक विकासमा आफ्नो उदाहरणीय नेतृत्व क्षमता देखाउनु भएको थियो ।

राम बहादुर श्रेष्ठ समाजलाई राजनीतिले मार्गदर्शन गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्नुहुन्थ्यो । उहाँ स्वयम पनि राजनीतिक रुपमा सक्रिय रही सामाजिक सेवामा समर्पित हुनुहुन्थ्यो । उहाँ पन्चायत शासनकालमा किसान संघको केन्द्रीय संयुक्त सचिवालय सदस्य र २०४७ पछिको बहुदलीय व्यवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध हुनुभयो ।

लायन्स मनराम प्रतिष्ठानको स्थापना राम बहादुर श्रेष्ठको सामाजिक विकासप्रतिको दृष्टिकोण र उहाँको समाज प्रतिको समर्पणको उपज हो । नेपालमा बस्ने आम मानिसहरूमा सकारात्मक प्रभाव पार्न यस संस्था मार्फत गरिने कार्यहरुमा उहाँको चाहना र सपनालाई जीवितै राखी निरन्तरता दिने प्रयास गरिएको छ ।

अध्यक्षको शब्दमा

लायन्स मनराम प्रतिष्ठानको अध्यक्षको हैसियतले, म हाम्रा प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. राम बहादुर श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । उहाँ शिक्षा हरेक बालबालिकाको जन्मसिद्ध अधिकार हो भन्ने गहिरो विश्वास राख्ने एक दुरदर्शी अग्रज हुनुहुन्थ्यो । उहाँले आफ्नो दृष्टिकोणलाई प्रतिष्ठान मार्फत यथार्थमा रुपान्तरण गर्न जग बसाल्दै हामीलाई सधै सहि दिशानिर्देश गर्नुभयो । हामी उहाँको महान विचार र नेतृत्व प्रति सधैं आभारी छौं ।

यस लायन्स मनराम प्रतिष्ठानमा, आजका बालबालिका नै भोलिका अगुवा हुन् भन्ने दृढ विश्वास राख्दछौं । ति बालबालिकाहरूलाई उचित हेरचाह, उपयोगी शिक्षा, स्वास्थ्य सुविधाहरु र असल नैतिक आचरणहरूको सुनिश्चित गर्नु  हाम्रो दायित्व हो भन्ने धारणा राख्दछौं । हामी हाम्रो प्रतिष्ठानको सहकार्यमा देशका ७७ जिल्लाका विद्यालयहरुमा १०० पुस्तकालय स्थापना गर्न सफल भएको सगर्व घोषणा गर्न चाहन्छौं । हामी नेपालभरका बालबालिका माझ शिक्षाको अवसर विकास गर्न निरन्तर तत्पर रहने अठोट गर्दछौं ।

नेपाली समुदायमा शिक्षाको ज्योति छर्ने कल्याणकारी आन्दोलनमा सघाउनु हुने सबै व्यक्ति र संस्थाहरूमा हामी हृदय देखि नै कृतज्ञता व्यक्त गर्छौं । हाम्रो यो प्रयासमा हाम्रा सबै सहयोगी र शुभचिन्तकहरूबाट निरन्तर सहयोग र सहानुभूति पाइराख्ने आशा राखेका छौं ।

नेपालका हरेक बालबालिकाहरू माझ गुणस्तरीय शिक्षा पहुँच सुनिश्चित गर्न र उनीहरुको क्षमता स्वमुल्यांकन गर्ने अवसर प्रदान गर्ने कार्यमा हामी सँगसँगै जुटौं ।

हालका गतिविधिहरू

मनराम कोपिला आइडल

मिर्गौला अभियान

फाउन्डेशन गतिविधिहरू