लायन्स मनराम प्रतिष्ठान २००५ नेपालको

मनराम छात्रावृत्ति सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय, कृषि र पशुविज्ञान अध्ययन संस्थान (कृ.प.वि.अ.सं.), लायन्स मनराम प्रतिष्ठान २००५ नेपाल तथा मनराम हिमालयन ह्याण्डिक्राफ्टका बीच संझौता भई शैक्षिक बर्ष २०७८/२०७९ देखि प्रत्येक वर्ष B.Sc.AG तर्फ २ र B.VSc. and A.H. तर्फ १ गरी तीनजना छात्रा विद्यार्थीहरुलाई प्रतिष्ठानले मनराम छात्रवृत्ति प्रदान गर्ने गरेकोमा चालू शैक्षिक वर्ष २०७९/२०८० का लागि त्रिभुवन विश्वविद्यालय, कृ.प.वि.अ.सं. अन्तरगतका आंगिक क्याम्सहरुमा तोकिएको कार्यक्रममा भर्ना भई अध्ययनरत इच्छुक छात्रा विद्यार्थीबाट यो सूचना कान्तिपुर राष्ट्रिय दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिदेखि ३१ दिनभित्र प्रतिष्ठानको इमेल info@manaram.org मा आइपुग्ने गरी आवेदन दिन यो सूचना प्रकाशित गरिएको छ । आवेदन फाराम प्रतिष्ठानको वेबसाइट www.manaram.org बाट डाउनलोड गरी प्राप्त गर्न र थप विवरणका लागि प्रतिष्ठानको वेबसाइट हेर्न वा प्रतिष्ठान, त्रि.वि. कृ.प.वि.अं.सं वा मनराम हिमालयन ह्याण्डिक्राफ्टमा सम्पर्क गर्न सकिनेछ ।

थप विवरण

१.   डाउनलोड गरी प्राप्त आवेदन फाराममा कालो मसीको प्रयोग गरी सबै विवरण भर्नुपर्नेछ ।

२.   हालसालै खिचिएको पासपोर्ट साइजको फोटो आवेदन फारामको माथिल्लो भागको दाहिनेपट्टी टाँस्नु पर्नेछ ।

३.   आवेदन फारामको प्रत्येक पानाको अन्तिममा हस्ताक्षर गर्ने र तोकिएको स्थानमा सहिछाप (ल्याप्चे तथा दस्तखत) गर्नुपर्नेछ ।

४.   नागरिकताको प्रमाणपत्र तथा शैक्षिक योग्यताका प्रमाणपत्रहरु सहितको आवेदन फाराम क्याम्पस प्रमुखबाट प्रमाणित गराई स्क्यान गरी इमेल गर्नुपर्नेछ ।

५.   सबै विवरण नभरिएको, सहिछाप नगरिएको, फोटो टाँस नभएको, नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरु संलग्न नभएको तथा क्याम्पस प्रमुखबाट प्रमाणित नभएको आवेदन फाराम स्वीकृत हुने छैन ।

६.   सबैभन्दा बढी छात्रवृत्ति आवश्यक पर्ने योग्य विद्यार्थी (Need Based, Merit Based) लाई छात्रवृत्ति प्रदान गर्ने प्रतिष्ठानको नीति रहेकाले सोही अनुसार प्रतिष्ठानद्वारा गठित मूल्याङ्कन समितिले प्राप्त आवेदनको मूल्याङ्कन गरी सर्टलिस्टिङ गर्नेछ ।

७.   सर्टलिष्टमा छनौट भएका विद्यार्थीहरुको अन्तरवार्ता लिइनेछ ।

८.   तत्पश्चात प्रवेश परीक्षाको मेरिटक्रमलाई सत्तरी (७०) प्रतिशत र अन्तरवार्तालाई तीस (३०) प्रतिशत अंकभार मानी १०० पूर्णाङ्कको मूल्याङ्कनका आधारमा छात्रवृत्ति पाउने विद्यार्थीको सूची सार्वजनिक गरिनेछ ।

९.   छात्रवृत्ति पाउने विद्यार्थीलाई स्नातक तहको अध्ययन अबधिभर छात्रवृत्ति प्रदान गरिनेछ । तर बीचमै पढाइ छाड्ने वा सत्रको परीक्षामा अनुत्तिर्ण हुने विद्यार्थीहरुको छात्रवृत्तिलाई निरन्तरता दिइनेछैन ।        

१०.  छात्रवृत्ति मासिक दशहजार रुपैयाँका दरले प्रदान गरिनेछ ।

११.  अन्यत्रबाट छात्रवृत्ति पाइरहेको विद्यार्थीलाई दोहोरो पर्नेगरी छात्रवृत्ति प्रदान गरिने छैन ।

१२.  आवेदन फाराममा झुठा विवरण पेश गरेको प्रमाणित भएमा पाइसकेको छात्रवृत्ति समेत रद्द गरी प्रतिष्ठानले वैकल्पिक उम्मेदवारलाई उक्त वृत्ति प्रदान गर्नेछ ।

Application Form

Click here to Download Application Form.